आलोचना गर्नै पर्ने विषय त होइन , कोहि एक जना ब्यक्ति विषेसले पनि यस विषयमा ध्यानाक्रसण नदेखाएको हुदा ;थोरै धेरै ,केहि भए पनि सामाजिक संजाल मार्फत जानकारी , सुझाब र आफ्नो ब्यक्तिगत विस्लेसण पोख्नु मन लग्यो !
विषय : ऒसोको माला व्यापक रुपमा विद्यालयका शिक्षकहरु , कार्यकारी कर्मचारीहरु विद्यालयकै समयमा लगाएको विषय बारे र उक्त विषय प्रति मेरो आप्तिजनक सुजाब विषेस संस्थाहरुलाई !
थोरै धेरै बहस पैला पनि केहि विशेस ब्यक्तिहरुसंग नभाको भने होइन !
मैले सोधे -
वाह भन्नु हुन्छ: सकारात्मक उर्जा दिन्छ !
(सकारात्मक उर्जा दिन्छ भन्दैमा , आफ्नो ब्यक्तिगत लोकतान्त्रिक परिभासामा अडिक भई मौकाको फाइदा एउटा अनुसासन बमोजिम चल्ने र प्रोटोकलमा चल्ने जिम्मेवारी संस्थामा लगाएर हिड्नु , यो चाहि अच्चमं पार्ने कार्य लग्यो ,तपाईहरु विद्यार्थीलाई (ID :कार्ड ) नलगाउदा अनुसासनमा राख्नु पर्छ भन्दै सजाय दिने जिम्मेवारी सस्थाले त्यही कुरा कर्मचारीमा लागु गर्न नसक्नु संस्थाको गैरजिम्मेवारी कार्य हो जस्तो लग्यो !)
कि यस्तो प्राबधान यस्तो सस्थाहरुको बिधानमै उल्लेख गरिएको छ ! गरिएको छ भने चै म स्वयम् नै गलत छु र क्षेमायाचना पनि माग्दछु ! यदि प्राबधान छैन भने , कारबाही र चेतावनी दिनबाट किन पछि परेको छ , यस्तो जिम्मेवारी संस्था ?
मैले अर्को प्रश्न सोधे : यसरी एउटा साधुको माला विद्यालय जस्तो पवित्र क्षेत्रको कक्षामा , शिक्षकको भूमिकामा बदिदै विधार्थीहरुलाई शिक्षा दिदै गर्दा त्यो बस्तु जनक मालाले उनीहरुको मानसिक्तामा केहि असर त पारिरहेको छैन ?
वहाको भनाइ : यसले नकारात्मक उर्जा दिने कुरा हुदै भएन , सकारात्मक शिक्षा दिने त शिक्षकको उदेश्य नै हो भन्नुहुन्छ !
अलिकति दुरदर्सि भएर हेरौ , त्यही बस्तुबाट प्रभावित भएको खण्डमा भोलि एकजना विद्यार्थीले त्यही बस्तुबमोजिम माला लगाएर विद्यालय आयो रे मानौ ,सोहि परिस्तिथिमा तपाईहरु आफ्नै घटीमा झुनाउदै हिड्नेले तिमी यो बस्तु नलगाउ भनेर भन्न कुन चै नैतिकताले भन्न दिन्छ ; तेही देखासिखिले एसको प्रभाबकार ठुलो संख्यामा भयो भने के गर्न सक्नु हुन्छ , विद्यालयको नामको पछाडी साधुको नाम थप्ने कि रोग लग्न भन्दा पहिलानै उपचार गर्ने !
एक चोटी यस विषयमा छलफल गर्न म सम्पूर्ण यस्तो क्रियाकलाप भैराखेको शैक्षिक संस्थाहरुलाई विसेस ध्यानाक्रसण सहित हार्दिक नमन गर्दछु !
म, साधु ओस्सोको बिपरित हैन ! विद्यालयको समयमा चाही एस्तो क्रियाकलापले विधार्थीको मनासिक्कतामा असर पर्ने संकेत छ भन्ने ठहरले म यो जिज्ञसा प्रकट गरेको हु , विद्यालय बाहिर तपाई हामी आम नागरिक हो र यो विषय पनि आम कुरा हो , तर तपाई शिक्षकको रुपमा येसरी विद्यालयमा प्रकट हुनु मात्र मेरो आपतिजनक विषय हो !
धन्यवाद

Comments
Post a Comment