Skip to main content

Cricket Net















 लुम्बिनी इन्जिनियरिङ्ग कलेजमा बर्षौ पछिको गृहकार्य र प्रसासन संग निरन्तर आन्तरिक अभ्यासको फल आज कलेज प्रान्गणमा प्रत्यक्ष नयन अगाडी सिर्जना भएको संरचनाको जानकारी यथासिघ्रा गराउन चाहन्छु! हुन त खासै ठुलो कुरा नलाग्ला केहि ्वयक्ति विषेशलाई,

तर म जस्ता सयौ विद्यार्थीहरुको आवस्यक्ताको विषय भएको हुदा , आज यस क्षेत्रले पनि एउटा सकारात्मक मार्गदर्सन पाएको छ भन्दा गर्वको अनुभूति भएको छ ! सोहि विषयले स्यम् म लगायत क्रिकेट जगतका खेलाडी, खेलप्रेमी, तथा सम्बन्धित शुभचिन्तक, समर्थक सम्पूर्णमा एउटा खुसिको उमङ्ग छाएको छ भन्दा खासै फरक नपर्ला!

यो संघर्सपूर्ण यात्रालाई अलिकति भएपनि अवगत भनौ या

सम्मान स्वरुप स्मरण सहितको ध्यानाक्रसण नगराउन मनले मानेन!

हुन त सार्वप्रथम कलेज आगमन नहुदै वेक्तिगत पेसा क्रिकेट खेलाडी भएर होकी, क्रिकेट नेटको कमिको झझल्को सहसुस भयो, लागत्तै दाजु हरुसंग घुलमिल भैसकेपछि,यो विषयमा पनि धेरै लामो जिज्ञासा,

आवस्यक्ता , अनि संघर्स सहितको पारामार्साका कुरा भएकै हो! विषेस धन्यवाद दाजु निसान्त घिमिरे लगायत समेट्न पर्ने दाजु हजुर संग छोटो समय बिताएतापनि एस विषयको अपुर्ण इतिहास थाहा पाउने मौका मिल्यो , श्रेयपूर्ण धन्यवाद दाजु मनिष पौडेल,सिद्धार्थ खड्का ,आवन घिमिरे, योगेश भट्टराई, आदित्य ढकाल, आदि अग्रज दाजुहरुको बाचा, हौसला, अनि समर्थन अविस्मरणीय छ, कलेज सक्किय लागत्तै पनि दाजुहरुले - भाइहरुलाई जुन हौसला प्रधान गर्नु भयो म हृदय देखि नै आभारी एव कृतिज्ञ छु!

संगठनको पछ्य बाट पनि त्यत्तिकै समर्थन भाकै हो, म नाम नै तोकेर भन्न चाहन्छु पुर्व नेविसंघ कार्यवाहेक सभापति दाजु राजन शर्मा,जसले कुटनीतिक तरिकाले विज्ञप्तिमा समेत समेटेको बुदा थियो, लागत्तै दाजु पुर्व नेविसंघ कार्यवाहेक सभापति दाजु आशिस पाण्डे दाजुले पनि विज्ञाप्तीमा समेटेको बुदा हो, क्रमश उठ्दै आएको विषयलाई मध्यनजर नगरेको खण्डमा र प्रतेक चोटी बुदाबिहिन हरेको बुदालाई मध्यनजर गर्न तथा कलेजको क्रिकेट क्षेत्रलाई उकास्ने र उत्थान गर्ने सम्बन्धमा लेक क्रिकेट संघको स्थापाना गरियो जसमा अध्यक्ष प्रिय मित्र विजय बस्नेतले अहोरात्र खटेर, सहकार्य गरेर अन्त्यत किन क्रिकेट नेट कलेजमा हुनुपर्छ भन्ने विषयका विश्वासका आधारभूत जुटाएको खण्डमा र प्रसासनको साझेदारीमा क्रिकेट नेट आज बन्न सफल भयो यसै प्रसङ्गको समसामयिक कुरा गर्नु पर्दा सर तुलसी सापकोटा, राजकापुर शाह,नारायण ढकाल, पंकज ठाकुर, पिताम्बर सर आदि सरहरुको अतुलनीय समय र सहमतिको लागि विषेस धन्यवाद !

संरचना बन्दै गर्दा सहकार्य एव सहयोग गर्नु हुने मित्र पवन छेत्री,राज चौधरी,अरुण चौधरी, अमर कार्की, जितेन्द्र इसर विकास पन्त,सुरेन्द्र जैसस्वल,तथा भाई बिसाल न्यौपाने, अनिकेत यादव, अमरनाथ , मनिष पाण्डे, बैनी रचना बैजाली र रचना लम्साल, र कलेजका कर्मचारी दाजु चन्द्रमाणि, सुनिल, टिका, खाम्चा, अनि सुरक्षाकर्मी दाजु आदि सहयोग गर्नु हुने, कोहि साथीभाई दाजु, बैनीको नाम छुट्न गएमा क्षमायाचना माग्दै सम्पूर्णलाई हृदय देखि नै धन्यवाद प्रकट गर्न चाहन्छु!

Comments

Popular posts from this blog